झापा – मेचिखोला पुरानो पुलबाट प्रतिबन्धित लागुऔषध सहित एकजना पक्राउ परेका छन् । शनिबार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका ५ बस्ने २२ बर्षका राजेश गुरुङलाई लागूऔषध नियन्त्रण व्यूरो काकँडभिट्टाको टोलीले पक्राउ गरेको हो ।
गुरुङको साथबाट लागूऔषध डाईजापाम ६ एम्पुल,फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित फेला परेको प्रहरी प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
त्यसैगरी सोही स्थानमा नेपालतर्फ आउदै गरेको मे ५ प ५६५ नम्बरको स्कुटरमा सवार २ जनालाई पनि प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं।२ बस्ने २६ बर्षका अमृत राई र ईलाम साविक चुलाचुलीका दमक नगरपालिका वडा नं २ मा बस्ने २२ बर्ष का सन्तोस ढकाल रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध व्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम फेला परेको पनि उपरिक्षक पाठकले जानकारी दिए ।
नियन्त्रणमा लिइएको लागुऔषध सहित ३ जना र स्कुटरलाई ईलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उपरिक्षक पाठकले बताए ।