काठमाडौं – विवेकशील साझा पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


ललितपुरस्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरको बिकासको योजना सहितको चुनावी प्रतिज्ञा पत्र सावर्जनिक गरेको हो ।


ADVERTISEMENT

# # #


प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा कला संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तारलाई मूल एजेण्डा बनाइएको छ । त्यस्तै नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सो पार्टीको मूल एजेण्डामा राखिएको छ ।

पत्रकार सम्मेलनमा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले प्रतिज्ञा पत्रमा भएका बिषयलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । उहाले आफ्नो दलका उम्मेदवारको इमान्दारी, परिपक्वता र क्षमताको परीक्षण गर्न दिन पनि आग्रह गरे ।

विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।