झापा – झापाबाट अवैध सुपारीसहित गाडी र चालक नियन्त्रणमा परेका छन् । प्रहरीले  बुधबार   झापाको मेचिनगर नगर पालिका वडा नं ६ स्थित बुद्दशान्ति बुधबारेबाट काँकरभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको गाडीलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


मे १ च ४९८० नं को पिकअप भेनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टा बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २९ बोरा एवम् ९२ सय केजि बराबरको सुपारी नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


भ्याट बिल नभएको  सुपारीको मूल्य पाँच लाख सत्तरी हजार  बराबरको  रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेका चालक सोही वडामा बस्ने ४८ बर्षका दान बहादुर पोखरेललाई आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाइएको पनि उपरीक्षक  पाठकले जानकारी दिए ।