काठमाडौं – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् ।


ADVERTISEMENT


पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ।


ADVERTISEMENT

# # #


एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतिअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन् ।

यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ। सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ। यी सत्तारूढ दलले गरेको तालमेलको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन् ।

काँग्रेस चितवन र काँग्रेस पर्साले केन्द्रीय तहबाट गरिएको गठबन्धनको निर्णय नमान्ने भन्दै विद्रोहको चेतावनी नै दिइसकेका छन् । भरतपुर महानगरपालिकाका काँग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै हालतमा तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेका छन् ।  समाचार राजधानी दैनिकबाट ।