काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल ‘राष्ट्र गौरव’ पदकबाट सम्मानित भएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा नेता खनाललाई उक्त पदक प्रदान गरेकी हुन् । विसं २०७८ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण आज प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


तस्बिर : रासस