काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेपनि माओवादीलाई घेराहाल्ने क्रम नरोकिएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयाबादीहरुले घेराहाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


प्रचण्डले नेकपाका नेताहरुसंग छलफल भइरहेको भन्दै नेकपाको सिंगो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दाबी गरे । उनले नेकपाका केही नेताहरु अझै पनि जेलमा रहेको भन्दै उनीहरुलाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको जानकारी दिए ।

उनले छरिएर रहेका माओवादीहरु एक भएर प्रतिक्रियाबादीलाई प्ररास्त गर्नुपर्ने धारणा राखे । वैज्ञानिक समाजवादतर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उनले बताए । प्रचण्डले एमालेभित्रै ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिस्ट रहेको जिकिर गरे । नेतृत्वले भ्रम दिएर बन्दी बनाई राखेका उनीहरुलाई माओवादीले मुक्त गर्नुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउन देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेको उल्लेख गरे ।