काठमाडौँ – नेकपा एमालेले एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने भएको छ । बुधबार एमाले र नेपाल परिवार दलबीच ५ बुँदे सहमति भएको हो ।


ADVERTISEMENT


सहमति पत्रमा नेकपा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिषर दलका तर्फबाट महामन्त्री सन्तोषकुमार पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सहमति अनुसार एमाले र नेपाल परिवार दलले सम्भव भएसम्म देशभर आपसी तालमेल गरेर उम्मेदवार उठाउने भएका छन् । यस्तै आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा नेपाल परिवार दलले एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले नेपाल परिवार दलका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

यस्तै नेपा परिवार दलकाका उम्मेदवारले पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् । निर्वाचित भएपछि उनीहरु नेपाल परिवार दलमै आवद्ध रहने सहमतिमा उल्लेख छ ।

२०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको परिवार दलले निर्वाचन नजिकिएसँगै फेरि एमालेसँग स्थानीय तहको निर्बाचनमा तालमेल गरेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्ता भएको थियो भने मंगलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो ।

एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै नेपाल परिवार दलका अध्यक्ष एवम् पुर्वमन्त्री एकनाथ ढकालले एमाले पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए ।

सम्झौता कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको पनि उपस्थिति रहेको थियो । सम्झौता पछि बोल्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्झौताको अक्षरस पालना गर्ने तथा परिवार दलको प्रतिनिधीत्व स्थानीय तहमा हुने बताए ।

परिवार दलका महामन्त्री सन्तोष पौडेले विगतमा पनि एमालेसँग चुनावी सहकार्य गरको स्मरण गदै स्थानीय निकायमा मात्र हैन प्रदेश र संघिय निर्वाचनमा पनि एमालेसँग सहकार्य गर्ने बताए ।

एमालेले आजै कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।