काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तनहुँ साविक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल परिवर्तित भानु न.पा.वडा ७ की वर्ष २७ वर्षीय सोबिता नेपाली रहेकी छन् ।


ADVERTISEMENT


विमानस्थल प्रहरीले नेपाललीलाई मनी पर्सभित्र राखेको एक थान गोलीसहित पक्राउ गरेको हो । त्रिभुवन विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार ती महिला आइतबार नेपाल एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट मलेसियाको क्वालालाम्पुर हुँदै जापानको नारिता जान लागेकी थिइन् ।


ADVERTISEMENT

# # #


होल्ड ब्यागेज चेकिङमा चेक जाँच गर्दा लेडिज हाते व्यागभित्र राखेको कालो रंगको मनिपर्स भित्र उक्त गोली भेटिएको एसएसपी ढकालले जानकारी दिए । पक्राउ परेपछि ती महिलालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।