काठमाडौँ – सत्तारुढ तीन दलका विद्यार्थी संगठनको संयुक्त बैठक बसेको छ । नेपाल विद्यार्थी संगठन (नेविसंघ)को केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकले विभिन्न ५ महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्ने, विश्वविद्यालयले आफैले निर्माण गरेको शैक्षिक कार्यतालिका कार्यान्वयन गर्न आग्रह गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै बैठकमा स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार बनाउँदा युवालाई प्राथमिकतामाराख्न आग्रह गर्ने, आगामी बजेटमा शिक्षालाई विशेष प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्ने प्रस्ताव समेत पारित गरेको बैठकमा सहभागी नेविसंघका नेता जनक चटौतले हिमालय पोष्टलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा बौद्धिक जनशक्तिको पलायनलाई रोक्न नेपालमै बस्ने वातावरण निर्माणका लागि सरोकारवाला सबै पक्षलाई आग्रह गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अत्तयक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको उपस्थिति रहेको थियो । यस्तै नेविसंघ नेता जनक चटौत, अनेरास्ववियू सह–अध्यक्ष ओसिम आलम लगायतका विद्यार्थी नेताहरु उपस्थित रहेका थिए ।