काठमाडौं – ताइवानको वायु रक्षा क्षेत्रमा शुक्रवार चीनका चारवटा लडाकू विमान प्रवेश गरेका छन् ।


ADVERTISEMENT


ती सबै विमान ताइवानको दक्षिण पश्चिम सेक्टरमा देखिएको स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् । त्यसपछि ताइवानले चिनियाँ विमानलाई चेतावनी पनि दिएका छन् ।


ADVERTISEMENT

# # #


ताइवानको रक्षा मन्त्रालयका अनुसार, अप्रिल महिनामा मात्र सातौंपटक चिनियाँ विमान ताइवानको वायुक्षेत्रमा देखिएका हुन् ।

चीनले ताइवान आफ्नै भूभाग भएको दाबी गर्दै आएको छ । विगत केही महिना यता चीन ताइवानप्रति बढी कठोर देखिँदै आएको छ । चिनियाँ विमानहरू धेरैपटक ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरिसकेका छन् ।