बाजुरा – बाजुरा जिल्लाको उतथत्ररी भेग पाण्डवगुफा गाउँपालिका ४ स्थित मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् ।


ADVERTISEMENT


सोमबार मतपेटिकासंगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कबिहीन भएका थिए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अधिकृत गिरि केहीबेर अघि सम्पर्कमा आइ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए । मतदान अधिकृत गिरि जैतुन कायार्कलय कोल्टीका कर्मचारी हुन् ।