झापा – दमक नगरपालिका- १० जहदामा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका ८ का २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।


ADVERTISEMENT


उनको उपचारको क्रममा दमकस्थित एड्भान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । हिजो साँझ साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो ।


ADVERTISEMENT

# # #


ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय दमक झापाले जानकारी दिएको छ ।