काठमाडौँ– नेपाल–भारतबीच फोहोर पानी व्यवस्थापन परियोजनासम्बन्धि सम्झौता भएको छ । नेपालको सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि नेपाल र भारत सरकारबीच द्विपक्षीय सम्झौता भएको हो ।


ADVERTISEMENT


मंगलबार भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिकाले सोलुखुम्बुबीच एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार, खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका भारतले ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा स्थानिय स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्ने विश्वास लिएको छ ।