काठमाडौँ– प्रधधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारले तत्काल आफैँ रेल–वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।


ADVERTISEMENT


विश्व बैंकको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै गर्ने क्रममा प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले तत्काल यसमा लगानी गर्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले रेल(वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेल-वे बनाउन सकिन्छ । त्यो भयो भनेमात्रै फाइदाजनक हुनसक्छ ।’

यद्यपि कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल–वेमा लगानी गर्न सक्ने विकल्प रहेको उनको भनाई छ ।