चितवन –  कामना सेवा विकास बैंकले चितवनमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।


ADVERTISEMENT


बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका-२६ ज्योतिनगरमा १३५औं शाखा कार्यालय स्थापना गरी आजदेखि कारोबार आरम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


यो सँगै चितवनमा कामना सेवा विकास बैंकको शाखा संख्या १० पुगेको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले १३४ शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।