काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा वैशाख ९ गते हुने भएको छ । साधारण सभा २०७९ वैशाख ९ गते शुक्रबार दिउसो २ बजे बूढानीलकण्ठ पार्क भिलेज रिसोटमा बस्नेछ ।


ADVERTISEMENT


साधारण सभामा आव २०७७-७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७-७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०७८-७९ को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका विषयमा छलफल हुने भएको छ ।


ADVERTISEMENT

# # #