धनगढी – कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन् । अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीचको सहमतिपछि आफन्तले शव बुझेका हुन् ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अस्पतालले राहत तथा क्षतिपूर्ति दिने र प्रहरीले घटनाको आवश्यक छानविन गर्ने सहमतिपछि आफन्तले शव बुझेका छन् ।


ADVERTISEMENT

# # #


शनिबार बिहान गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीय आक्रोशित बनेका थिए ।

आक्रोशित स्थानीयले डाक्टरको लापरबाहीका कारण झाडापखालाका बिरामी बोहराको ज्यान गएको आरोप लगाएका थिए । उनीहरूले अस्पतालमा ढुंगामुडासमेत गरेका थिए ।