काठमाडौं – महात्मा गौतम बुद्धले मानव जीवनलाई सरल बनाउन विभिन्न उपदेशहरु दिएका छन् । बौद्ध धर्मावलम्वीहरु महात्मा बुद्धलाई भगवानको दर्जा दिएर सम्मान गर्दछन् । मानव  जीवन संसारकै अमूल्य जीवन भएको ठहर गर्ने महात्मा बुद्ध हाम्रो जीवन जिउने कलाको प्रेरणाका स्रोत समेत हुन् ।


ADVERTISEMENT


शान्तिका अग्रदुत गौतम बुद्धलाई नचिन्ने मानिसहरु संसारमा कमै होलान्। हाम्रै देस नेपालमा जन्मिएका भएपनि हामीहरुलाई बुद्धको बारेमा पूर्ण ज्ञान नहुन सक्छ। हुनत बुद्धले जीवनका अनेकौं पक्षमा खोजगरि मानव जीवनलाई धन्यधन्य बनाएका छन्।


ADVERTISEMENT

# # #


वास्तवमा बुद्धको मार्गदर्शनलाई बुझनु आफैमा कठिन र बैज्ञानिक छ। उनले बताएका चार आर्य सत्यलाई बुझेर जीवनमा लागु गरेको खण्डमा हाम्रो जीवन सफल र पूर्ण बन्न सक्छ। यहाँ यिनै चार आर्य सत्यको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ।

पहिलो आर्य सत्य – दुख छ, मानव मात्र नभएर सजिब जति सबैमा दुखको बिधमनाता छ अर्थात् जन्मिए पछी सबैमा केहि न केहि दुख अवश्य छ। चाहे ऊ धनी होस् या गरिब ठुलो होस् या सानो । मृत्यु, शोक, क्रोध, दुबिधा, चिन्ता, भय, निरासा सबै दुख हुन् । त्यसैले दुख सुख जीवनका दुई पाटा हुन् भन्ने बुझेर अगाडि बढ्नु पर्छ।

दोस्रो आर्य सत्य – दुखको कारण छ, बुद्धले भनेका छन् दुख त्यसै आएको छैन यसको पनि कारण छ। उनले भनेका छन् अज्ञानतानै दुखको मूल कारण हो । त्यसैले सांसारिक अज्ञानतालाई बुझेर ज्ञान हासिल गरी अगाडि बढ्नु पर्छ जीवन सफल बन्छ ।

तेस्रो आर्य सत्य – दुखको अन्त्य सम्भव छ, हामीले जानेको खण्डमा जीवनबाट दुखको अन्त्य गर्न सक्छौं। जीवनको वास्तविक स्वरुपको ज्ञान भएपछि प्रत्येक दुखको अन्त्य हुन्छ।

चौथो आर्य सत्य – दुख नासको उपाय प्रेम हो, दुख नासको एकमात्र उपाय भनेको सबैमा प्रेम जागृत हुनु हो । एकले अर्कोलाई प्रेम पूर्ण भावले सहयोग गर्ने हो भने संसारबाट दुखको अन्त्य हुन्छ । को हिन्दु, को मुस्लिम, को बुद्दिस्ट हामी सबै मानव भन्ने भाव जागृत हुनु पर्छ । संसारनै एक घर जस्तो सबै मान्छे एक परिवार जस्तो हुनुपर्छ, बुद्धको अर्थमा यहि नै दुख नास गर्ने अन्तिम उपाय हो ।