पोखरा – नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले राजनैतिक लडाइँ सकिएकाले अबको लडाइँ गरिबीविरुद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट उम्मेदवारसमेत बनेका अधिकारीले पोखरा लेखनाथ महानगरपालिका–११ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चुनावपछि बन्ने वाम गठबन्धनको सरकारले आर्थिक समृद्धि र विकासमा कायापलट नै गर्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रदेशसभा क्षेत्र नं २ (ख)का उम्मेदवार राजकाजी गुरुङले देशको राजनीति स्थायित्वतर्फ उन्मुख भइसकेकाले कुनै प्रलोभनमा नपरी वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।रासस