काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा विदेशी शक्तिको चलखेल बढ्न लागेको दाबी गरेका छन् । रसियाले युक्रेनमा गरेको आक्रामणको उदाहरण प्रस्तुत गर्दै डा भट्टराईले भारत, चीन र अमेरिकाको बदलिँदै गएको सम्बन्ध र चासोले नेपालको आन्तरिक राजनीति प्रभावित हुन थालेको बताए।


ADVERTISEMENT


‘पछिल्लो समयमा जसरी भुराजनीति बदलिँदो छ नयाँ शीतयुद्धको छायाप्रतिछाया मडारिँदै छ,’ रिपोर्टस् क्लबको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘खासगरी भारत चीन अमरिकाबीचका सम्बन्धनहरुले हाम्रो आन्तरिक सम्बन्धलाईसमेत प्रभावित पार्ने देखिन्छ। त्यसैले हामीले राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ ।’


ADVERTISEMENT

# # #


बेलैमा पाठ नसिके यसबाट नेपाल दुर्घटनामा पर्नसक्ने चेतावनीसमेत उनले दिए। ‘युक्रेनको घटनाक्रम ठुलो पाठ हुन सक्छ। विश्व महाशक्तिको चासो बढ्दो छ। बेलैमा राम्ररी मिलाएर नगए हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ भट्टराईले भने।

देश अहिले पनि संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भट्टराईले यसलाई मिडियाले सचेत पार्नुपर्ने सुझावसमेत दिए । ‘देशले अहिलेसम्म राम्ररी खुट्टा टेक्न सकेको छैन। न लोकतन्त्रले न अर्थतन्त्रले खुट्ट टेक्न सकेको छरु यस्तो अवस्थामा मिडियाले सचेत पारिरहेको छ,’ उनले भने।

नेकपाको बहुमतप्राप्त सरकारसमेत पुरा समय नचलेको अवस्था देशले पार गरेकोले संसदीय व्यवस्था ठीक नभएको बाबुरामको तर्थ थियो। ‘लोकतन्त्र लड्खडाइरहेको छ। बहुमतप्राप्त सरकार किन चल्न सकेनरुु उनले भने, ‘खिचडी प्रकारको संसदीय व्यवस्थाको अभ्यास हामीले गरेका छौ। यसले राजनीतिक स्थिरता दिँदैन हामीले छिटो वा ढिलो प्रत्यक्षी निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणाली र पूर्ण समानुपातिक संसदीय प्रणालीमा जानुपर्छ हामी ।’

त्यसैगरी भट्टराईले अहिलेको अर्थतन्त्रबाट देश विकास हुन नसक्ने बताए । ‘श्रम निर्यात गर्ने र वस्तु अर्यात गर्ने सिद्धान्त कहीँ विकसित छ र ? भट्टराईले भने, ‘जनसंख्याको यति ठुलो हिस्सा विदेश पलायन हुने हामी यहाँ बसेर खाने अर्थतन्त्रबाट विकसित हुँदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्कन लागेको प्रसंग उठाउँदै भट्टराईले छिमेकीसँग चीनसँग पनि राम्रो सम्बन्ध बनाउन सुझाव दिए। ‘भारतसँग सम्बन्ध कसरी सुधार्नेरु कसरी प्रतिस्पर्धा गर्नेरु पहिलो अर्थतन्त्रको रुपमा बढ्दै गरेको चीनसँग कस्तो सम्बन्ध बढाउने ? भारत चीनसँग तालमेल गरे राम्रो हुन्छ,’ भट्टराईले भने।