काठमाडौँ – नेपाली फिल्म र संगीत पस्कँदै आएको बुढासुब्बा डिजिटल च्यानल दोस्रोपटक ह्याक भएको पाइएको छ । उक्त युट्युब प्लेटफर्म बिहीबार ह्याक भएको हो ।


ADVERTISEMENT


यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । च्यानल ह्याक भएपछि च्यानलमा अपलोड भएका धेरै सामाग्रीहरु हराएका छन् ।


ADVERTISEMENT

# # #


वितरक गोविन्द शाहीले भने विदेशी फिल्मका हिमायतीले षडयन्त्र गरेको हुन सक्ने आशंका गरेका छन् ।

नेपालाको साइबर सेक्युरिटी कमजोर रहंदा पटकपटक युट्युब च्यानलहरु ह्याक भइरहेका छन् । केही समय अगाडी र्यापर भिटेनको पनि च्यानल ह्याक भएको थियो ।