काठमाडौं – महालक्ष्मी नगरपालिकाको तेस्रो नव निर्मित वडा नं २ भवन उद्घाटन उद्घाटन सम्पन्न भएको छ ।  बुधबार   नगरपालिकाद्वारा नव निर्मित देश विकास पुस्तकालय एवम् २ नं वडा कार्यालय भवनको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


उक्त भवन उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत  रोशन ज्ञवाली, वडा नं १, ४ र ८ का वडा अध्यक्षहरू, वडा नं २, ३ र ४ का वडा सदस्यहरु, देश विकास पुस्तकालयका पदाधिकारीहरू, स्थानीय बुद्धिजिवी, समाजसेवीसहित अन्य सरोकारवालाहरूका साथै नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


देश विकास पुस्तकालयको लागि जग्गा दान गर्नुहुने गजुरेल परिवारका सदस्य  हरि विनोद गजुरेल र वहाँका परिवारप्रति नगर प्रमुख  रामेश्वर श्रेष्ठले हार्दिक आभार व्यक्त गर्नुभयो । वहाँले नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, यातायातलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताए ।

वडा कार्यालय भवन उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुहुने वडा नं २ का वडा अध्यक्ष  राम बहादुर केसीले सो भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

उक्त कार्यक्रममा २ नं वडाका वडा सदस्य  कृष्णकुमार केसीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन वडा सचिव मनिषा पहाडीले गरेका थिए ।