काठमाडौं –  भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन सम्पन्न भएको छ ।


ADVERTISEMENT


यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “ आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।


ADVERTISEMENT

# # #


मोदी–लेखनाथ परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोग अन्तर्गत भारतको केपीटीएल लिमिटेडले र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिनेछ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री  पम्फा भुषालले नेपाल सरकारका वरिष्ठ अधिकारी तथा स्थानीय प्रतिनिधिहरुको उपस्थितिमा सो परियोजनाको उद्घाटन गरिन् । भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सह सचिव  श्रीधरण मधुसूधनन नेतृत्वको टोली लगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

भारत–नेपाल उर्जा सहकार्य अन्तर्गत विद्युत परियोजनाको विकास, सीमापार एवम् नेपालभित्रका प्रसारण लाइनको निर्माण र उर्जा व्यापार पर्दछन् । ऋण सहयोग अन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ ।

ती परियोजनाहरुमा २२० केभी को कोशी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड रहेको छन् । छिमेकी पहिलो नीति अनुरुप सीमापार आर्थिक कनेक्टिभिटिलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्याउनेछ ।