दलदले, नवलपुर नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य उमेदवार सशांक कोइरालाले आफ्ना पिता अहिलेसम्म जीवित रहेको भए एमाले अध्यक्ष केपी ओली कांग्रेस हुने बताएका छन् ।


ADVERTISEMENT


ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला वीपी, गणेशमान लगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि नवलपुरको दलदलेमा पत्रकार भेटघाटका क्रममा कोइरालाले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


वी.पीकोइरालालाई जीवित रहुञ्जेल गाली गलौज गर्ने तात्कालिन पञ्चायतका कार्यकर्ता र कम्युनिष्ट नेताहरुबाट भोगेको घटनाका बारेमा राखिएको अभिलेखलाई आत्मवृतान्त र जेल जर्नल जस्ता पुस्तकका रुपमा बाहिर आएपछि के पी ओली र प्रचण्ड जस्ता नेताहरुले पनि नेपालमा सबैभन्दा मन पर्ने नेताको रुपमा बीपीको नाम लिएको उनको भनाई थियो ।

एक अर्को प्रसंगमा कांग्रेस महामन्त्री कोइरालाले कम्युनिष्टहरुले अधिनायकवादी शासन स्थापना गर्ने दम्भ प्रदर्शन गरेको र टुंगो लागिसकेको राजनीतिक व्यवस्थालाई पुन अस्थिरतामा लैजान संकेत गरेकोले कम्युनिष्ट पार्टीभित्रका उदारवादी कार्यकर्ताहरु देशव्यापी रुपमा नेपाली कांग्रेसमा प्रवेश गरिरहेको पनि उनले बताए ।