पोखरा – न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छिन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् भण्डारी पोखरा आएकी हुन् ।


ADVERTISEMENT


सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ । पोखरा महानगरको न्यायीक समितिको आयोजनामा पहिलो पटक न्यायीक सम्मेलन आयोजना गरिएको हो ।


ADVERTISEMENT

# # #


सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायीक समिति पोखराका संयोजक एवं उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

‘हामीले देशका ७५३ वटै पालिकाका न्यायीक समितिलाई निमन्त्रणा गरेका छौं,’ गुरुङले भनिन्, ‘टाढाका पालिका उपप्रमुख हिजै आइसक्नुभएको छ, केही पालिकाबाट आउँदै हुनुहुन्छ।’

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल अब डेढ महिना बाँकी छ । पाँच वर्षे कार्यकालमा स्थानीय जनप्रतिनिधिले संविधानमै उल्लेख गरेर स्थानीय सरकारले पहिलो पटक न्यायीक अधिकारको प्रयोग गरेका छन् ।

‘पाँच वर्षमा न्याय सम्पादनमा भएका राम्रा अभ्यास आदान प्रदान गर्ने र अस्पष्टता एवं चुनौती समाधानको बाटो खोज्ने सम्मेलनको उद्देश्य हो,’ गुरुङले भनिन् । सम्मेलनबाट जारी गरिने घोषणा पत्र प्रदेश र संघ सरकारलाई बुझाउने समेत उनले बताइन्।