काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाने भएका छन् ।


ADVERTISEMENT


युद्ध पर्यटनलाई टेवा पुर्‍याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति टावर’को उद्घाटनका लागि उनी त्यसतर्फ जाने भएका हुन् ।


ADVERTISEMENT

# # #


टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ ।

टावर ६ करोडमा निर्माण सम्पन्न भएको हो । उद्घाटनपछि प्रचण्डले पार्टीले लिबाङको टुडिखेलमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रचण्डले देश दौडाहलाई तीव्रता दिएका छन् ।