काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाई नभइ त्यसको उल्टो दुई–तीन सिट जित्ने दाबी गरेका हुन्।


ADVERTISEMENT


उनले केपी ओली नेतृत्वको एमाले गुटमात्र भइरहेको तर्क गरे । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


उनले पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद नै भएको बताए । यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दाबी गरे।