काठमाडौँ – कलाकार प्रकाश सपुतले समाजको भावनालाई बुझेर पीर गीत विवादित दृश्य हटाएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए । त्यस्तै सोहि पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केही दृश्य हटाउनु परेको प्रष्टिकरण पनि उनले दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै सोहि गितकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा भएको बताए । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताए ।

पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य समावेश गरेको भन्दै सपुतको केहिले सपुतको आलोचना गरेका थिए । त्यस लगतै सपुतले गीतबाट उक्त दृश्य हटाएका थिए ।