काठमाडौं – कलाकार पूर्णविक्रम शाह (पल शाह) विरुद्धको बलात्कार मुद्दामा आज पनि जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ । बुधबार पीडितका पक्षमा बुधबार ९ र पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस आज बिहान ११ बजेबाट सुरु भएको छ ।


ADVERTISEMENT


पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए ।


ADVERTISEMENT

# # #


पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्नेछन् ।

थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने आदेश आउने छ । जिल्ला अदालत तनहुँका अनुसार बहस सकिए आज नै थुनछेक आदेश जारी हुने सम्भावना छ ।

झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाको परिवारले ११ फागुनमा तनहुँ प्रहरीमा जाहेरी दिएको थियो ।