काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला  ९९ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला  एक हजार १०० रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९८ हजार ७०० रुपैयाँ छ । यसको मूल्य मङ्गलबार प्रतितोला  ९९ हजार ८०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २५ रुपैयाँले घटेर एक हजार ३७० रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।