वीरगन्ज– भारतीय दूतावास र विहारका सरकारबीच पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल सम्पन्न भएको छ ।


ADVERTISEMENT


भारत स्वतन्त्रताको ‘@India आजादीका अमृत महोत्सव’ अनर्तगत मधेश प्रदेशअन्तर्गतको भारतीय दूतावास, वीरगन्ज र विहारका सरकारबीच मंगलबार पर्यटन प्रवर्धन सम्बन्धि आवश्यक छलफल सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


सो बैठकमा द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्नेलगायतका विषयवस्तुमाथि छलफल गरिएको छ ।

प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतोको प्रमुख आतिथ्यता रहेको थियोे । उनले नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा सहमती जनाएका छन् ।

यस्तै, कार्यक्रममा सहभागीहरुले मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो। सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्नेप्रति आफ्नो मत व्यक्त गरे ।

कार्यक्रमको सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।