काठमाडौं – प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हिजो मध्यरातमा काज सरुवा भएको हो ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय नक्सालले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सुनिलजंग शाहलाई पठाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा तिलक भारती, जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सन्तोष निरौला, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सुकदेव खनाललाई काज खटाएको छ ।


ADVERTISEMENT

# # #


तस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बागमती प्रदेश प्रहरी कार्यालयका अंगुर जिसी जिल्ला प्रहरी परिसर ललितपुर, केन्द्रिय अनुसन्धान ब्युरोका कृष्णराज ओझा हुम्ला पुगेका छन् ।

काज सरुवा हुने अन्य डिएसपीमा कैलाश राई, गणेश बहादुर श्रेष्ठ, गोबिन्दराज काफ्ले, जेसी शाह लगायतका डिएसपीको काज सरुवा भएको हो ।