इलाम– नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव रहेको बताएका छन् ।


ADVERTISEMENT


स्थानीय सन्दकपुर गाउँपालिकास्थित माइपोखरीको आलुबारीमा आज आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री खनालले एमालेले समाजवादी लोकतन्त्रको वकालत गर्दै मुलुकको आर्थिक समृद्धि चाहेको स्पष्ट गरे ।


ADVERTISEMENT

# # #


इलाम क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार खनालले आलुबारी क्षेत्रको कृषि र पर्यटनको विकास गरिने प्रतिबद्धतासमेत जनाए । रासस