काठमाडौँ– भारतीय दूतावासले नेपालमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) र आइडियाथनको आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय स्वतन्त्रको ७५ औँ दिवसको अवसरमा दूतावासले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


जसमध्ये कन्क्लेभ कार्यक्रमको तेस्रो संस्करण भएपनि आइडियाथन भने पहिलो पटक आयोजना गरिन लागेको हो ।

चैत्र ९ अर्थात्, भोलिदेखि काठमाडौँमा शुरु हुन लागेको कन्क्लेभ–कनेक्ट क्लब बिजनेश इनोभेशनको आयोजकत्व रहेको सो कार्यक्रमको साझेदार भने जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटललगायतले गरेका छन् ।

यस कार्यक्रममा नेपाल–भारतका युवा उद्यमी, लगानीकर्ता, उद्यम पूँजीपति एवम् विज्ञहरुका विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साझा गर्न पाउँनेछन् ।

यस्तै, आगामी वैशाख ७ गतेदेखि सञ्चालन हुने भनिएको आइडियाथन कार्यक्रम दैनिक जीवनलाई प्रभाव पार्ने तथा दुवै देशका नीति–निर्माणमा अर्थ राख्ने मुख्यगरी अन्तरदेशीय वाणिज्य, कृषिबजार, शहरी विकास, सुशासन तथा काठमाडौंका विश्वविद्यालय तथा कलेजमा प्रदान गरिनेछ ।

जसमा ती क्षेत्रका चुनौतीहरु विरुद्व प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसका लागि इच्छुकहरुले https://forms.gle/mn87z14tHm8XRuUh6 लिंकमा गएर आफ्नो आवेदन दिन सक्नेछन् ।