काठमाडौँ– ताप्लेजुङको श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।


ADVERTISEMENT


भारतीय अनुदानको सहयोगमा बनेको सो विद्यालयको उद्घाटन सोमबार एक समारोहबीच सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


आफ्नो स्वतन्त्र दिवसको ७५ औं वार्षिकोत्सवको अवसर पारेर मनाइन लागेको ‘@India आजादीका अमृत महोत्सव’ को उपलक्ष्यमा भारतले नेपाललाई ७५ वटा परियोजनाहरु निर्माण गरिदिने प्रतिबद्धता थियो । र, यस विद्यालय पनि त्यसैअन्तर्गत एक रहेको बताइएको छ ।

कुल ३ करोड १० लाख रुपैयाँ लागतमा निर्मित सो भवनको उद्घाटन प्रतिनिधि सभाका योगेश भट्टराई, संविधानसभा सदस्य भुपेन्द्र थेवे र भारतीय दूतावासका प्रथम सचिव रोहित मिश्रले संयुक्त रुपमा गरेका थिए ।