काठमाडौँ– नेपाल टेलिकमले आफ्ना उपभोक्ताबीच नयाँ अफर ल्याएको छ ।


ADVERTISEMENT


कम्पनीले मुलुकभरी मनाइने फागु पर्वको अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । सो अफर बिहिवारदेखि(चैत ३) देखि चैत १७ गतेसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

यस अफरबाट आफ्ना उपभोक्ताहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।