काठमाडौँ– नेपाल–भारत सहकार्यमा निर्माणधीन परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।


ADVERTISEMENT


हेटौंडास्थित भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमल प्रसाद पोखरेल एवम् भारतीय विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवानले सो बैठकको सह–अध्यक्षता गरेका थिए ।

परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समिक्षा भयो । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।

कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौती पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए ।

यस्तै, दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पारेर गरिने निस्कर्षमा सो बैठक टुङिगएको छ ।