काठमाडौं –  काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो आङ छिरिङ शेर्पा स्मृतिको गल्फ प्रतियोगिताको पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा रहेका हुन् ।


ADVERTISEMENT


दुई दिने प्रतियोगितामा उनका निकटतम प्रतिद्वन्द्वी निष्कर्ष बहादुर घले ४१ अंकाका साथ दोस्रो स्थानमा रहेका छन् । बेस्ट ग्रसतर्फ मिथुन राई ३२ ग्रस अंकका साथ अग्रस्थानमा छन् । त्यसैगरी माधव सिम्खडा ३० ग्रस अंक जोड्दै ग्रसतर्फ दोस्रो स्थानमा रहेका छन् । महिलातर्फ ३४ अंकका साथ गिता गुरुङ अग्रतामा रहँदा ३१ अंकका साथ प्रतिभा राईले पछ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #


सिनियर्सतर्फ सहायक रथी दिलिप रायमाझीले ३६ अंक ल्याई अग्रतामा रहँदा सोही विधामा दोस्रो स्थानमा ३५ अंकको साथमा हेमन्त कोलाक्षपति छन् । जुनियर्सतर्फ आइस्टिना टण्डनले १० अंकका साथ अग्रता कायम गरेकी छिन् । आशय ढुङ्गाना लङ्गेस्ट ड्राइभतर्फ तथा तारा कार्की चित्रकार क्लोजेस्ट टु द पिनतर्फ अग्रस्थानमा छन् । पेम्बा शेर्पा मोस्ट बर्डीतर्फ अग्रता लिएको छ । प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाइएको छ ।

यती एअरलाइन्स र तारा एअरले आयोजना गरेको प्रतियोगिताको शुभारम्भ यती एअरलाइन्सकी प्रबन्ध निर्देशक तथा स्व। आङ छिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पाले गरिन् । प्रतियोगितामा पहिलो दिन ६८ जनाले तथा दोस्रो दिन ९० जना सहभागी हुने यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । रासस