मोरङ – नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई छेउमा राखेर एमालेकी नेतृ भगवती चौधरीले विभिन्न पार्टीका सदस्य रहेका मेयर उपमेयर सहित ४ हजार ७ सय १० जनालाई एमालेमा प्रवेश गराएकी छन् ।  यो सँगै  नेकपा माओवादी केन्द्रलाई मोरङमा झड्का लागेको छ । माओवादी केन्द्रबाट चुनाव जितेका जनप्रतिनिधिलाई नेतृ चौधरीले पार्टी प्रवेश गराएसँगै चौधरीको चर्चा चुलिएको छ ।


ADVERTISEMENT


माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल पनि छन् ।

एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए । मेयर दिलिप कुमार अग्रवाल माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख थिए ।