काठमाडौँ – नेपाली युवा क्रिकेटर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ अर्थात महिनाको उत्कष्ट खेलाडीको मनोनयनमा परेका छन् । आईसीसीले फेब्रुअरी महिनाका लागि बुधबार सार्वजनिक गरेको तीन जनाको सूचिमा दीपेन्द्र परेका हुन् ।


ADVERTISEMENT


दीपेन्द्रसँगै भारतका ब्याटर श्रेयश ऐयर र युएईका ब्याटर वृत्य अरविन्द सूचिमा रहेका छन् । दीपेन्द्रले गत फेब्रुअरीमा ओमानमा भएको चारदेशीय टी–२० सिरिज र आईसीसी टी२० विश्वकपको ग्लोबल छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


आईसीसीको प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका कुशल भुर्तेल पहिलो पटक गत वर्षको मे महिनाका लागि उत्कृष्ट खेलाडीमा मनोनयनमा परेका थिए । यद्दपी उनले जित्न भने सकेनन् । त्यस्तै सन्दीप लामिछाने दोस्रो नेपाली खेलाडीको रुपमा सेप्टेम्बर महिनाका मनोनयनमा परेका थिए । सन्दीपले भने सेप्टेम्बरको ‘प्लेयर अफ द मन्थ’ जित्न सफल भएका थिए ।

सन्दीपलाई यसरी गर्नुहोस् भोट

भोटिङका आधारमा चयन हुने ‘प्लेयर अफ द मन्थ’का लागि आईसीसीले अनलाइनबाट भोटिङ गर्न मिल्ने व्यवस्था गरेको छ । जसका लागि आईसीसीको वेबसाइटमा गई भोट गर्न सकिनेछ ।

आईसीसीले भोटिङको नतिजा अर्को साता सार्वजनिक गर्ने जनाएको छ ।

दीपेन्द्रलाई भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।