काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ अन्तर्गत आफूलाई मन परेका प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट दिन सक्ने भएका छन्‌ ।


ADVERTISEMENT


बैंकले मोबाइल एप प्रयोगकर्ताहरूलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भवस्’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


हालसम्म बैंकले ७६ जिल्लामा २८७शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान दिइरहेको दाबी गरेको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउन पनि सघाइरहेको जनाएको छ ।