काठमाडौँ– कलाकार पूर्ण विक्रम शाह(पल शाह) लाई अनुसन्धानका लागि हाजिर गराउनका निम्ति नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, तनहुँलाई पत्राचार गरेको छ ।


ADVERTISEMENT


गैँडाकोटमा पनि सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै पिडित पक्षले कलाकार शाहविरुद्ध गत १५ फागुनमा अर्काे उजुरी दर्ता गराएको थियो । र, त्यसैको अनुसन्धानका लागि नवलपरासी प्रहरीले शाहलाई उपलब्ध गराइदिन भन्दै लिखित पत्र पठाएको हो ।


ADVERTISEMENT

# # #


सामान्य भिडियो इडिटिङबाट मोडे हुँदै नेपाली सिने जगत्मा पाइला चालेका पल शाह यतिबेला नाबालिगमा यौन सम्बन्ध स्थापित गरेको कसुरमा न्यायिक हिरासतमा छन् । उनीमाथि नाबालिगलाई प्रलोभन देखाएर पटक–पटक यौन सम्बन्ध स्थापित गरेको आरोप छ ।

यसअघि पिडित पक्षले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएका थिए । गत बुधवार प्रहरी सामु आफै आत्मसर्मपण गरेका शाहलाई अदालतको हिजो (आइतबार) थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।