गौशाला – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटमा उनले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको तथा अन्य पीडित वर्गको हक अधिकारको ग्यारेन्टी केवल राजपा नेपालले गर्न सक्ने भएकाले आसन्न निर्वाचनमा राजपा नेपाललाई भोट दिएर जिताउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका संयोजक ठाकुरले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएका तथा अन्य पीडित वर्गका समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य भएको उल्लेख गर्दै संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने र यसका लागि राजपालाई बहुमतका साथ जिताउन आग्रह गरे ।

विभेदको अन्त्य र संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि उनले बताए ।