काठमाडौँ – राष्ट्रियसभाका २० जना सांसदको पदावधि आजबाट सकिँदैछ । २०७४ सालमा निर्वाचित भएपछि गोलाप्रथाका क्रममा चार वर्षे कार्यकालमा परेका २० जना सांसदको पदावधि आजबाट सकिने भएको हो । रिक्त पदका लागि २० जना सांसद निर्वाचित भइसकेका छन् ।


ADVERTISEMENT


आजबाट बिदा हुने सांसदहरुमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशिकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनीत सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट आजै बिदा हुनेछन् ।