काठमाडौं –  रुसी सेनाले युक्रनको राजधानी किभवासीलाई सुरक्षित रुपमा निस्कन दिने जनाएको छ । किभबासीलाई भासिल्किभ सहरतर्फको दिशामा सुरक्षित रूपमा जान दिने मस्कोस्थित अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT


रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जेनरल इगोर कोनाशेन्कोभले अतिक्रमणबारे टेलिभिजनमार्फत्‌ पछिल्लो विवरण दिँदै सुरक्षित निकासबारे प्रस्ताव गरेका हुन् । ‘गैरसैनिकहरूलाई निस्किन दिनका लागि रुसी फौजको तर्फबाट कुनै बाधाअवरोध हुनेछैन’  कोनाशेन्कोभले भने।


ADVERTISEMENT

# # #


तर एक साताअघि रुसले अतिक्रमण सुरु भएयता भासिल्किभ भीषण गोलाबारीबाट प्रभावित भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार झन्डै १० लाख मानिसले युक्रेन छोडिसकेका छन्।