काठमाडौँ – अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।


ADVERTISEMENT


अधिवक्ता पोखरेलले आज यहाँ पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए। “संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो”, उनले भने ।

अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रिट निवेदन दायर गरेको बताए । संविधानको धारा, ४ को उपधारा, १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको उनको भनाइ छ ।