काठमाडौँ –क्यानडाले हराउँदै नेपाल ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नेपालले सोमबार क्यानडालाई ८ विकेटले हराएको हो ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको ८१ रनको समान्य चुनौती ओभरमा १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक नटआउट ३४ रन बनाए । त्यसक्रमममा उनले ३७ बलमा ३ चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन बनाएर नेपाललाई जित दिलाए । उनले ३१ बलमा ३ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


आशिफ शेख १६ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए । कुशल मल्ल गोल्डेन डकआउट भए ।

क्यानडाका लागि सलमान नजार र सलिम सनाले समान १–१ विकेट लिए । समूह एमा रहेको नेपालले ३ वटै खेलमा जित हात पार्दै समूह विजेता बनेको छ ।

यसअघि क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमै सटेको थियो । क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले घातक बलिङ गरे । जसक्रममा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । सन्दीपले ४ ओभरमा १२ रन मात्रै खर्चिए । यस्तै कमलसिंह ऐरी र अविनाश बोहराले समान १-१ विकेट हात पारे । त्यसक्रममा अविनासले ३ ओभरमा ७ तथा कमलले ३ ओभरमा १६ रन खर्चिए ।

क्यानडाका लागि १०औँ नम्बरमा ब्याटिङ गर्न आएका डिलोन हेलिङ्गरले सर्वाधिक २४ रन बनाए । नटआउट रहेका उनले २२ बलमा २ छक्का र १ चौका प्रहार गरे । १०.१ ओभरमा ४८ रन बनाउँदा ९ विकेट गुमाएको क्यानडाका लागि उनले अन्तिम ओभरका लागि सलमान नजारसँग मिलेर ३२ रनको साझेदारी गरे । त्यसक्रममा नजारले ९ बलमा १ चौकासहित १० रन बनाए ।

नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता युएईविरुद्ध भोलि खेल्नेछ । नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुने उक्त खेलको विजेता आगामी अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।