विराटनगर– मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब रु छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिए । रतुवामाई नगर प्रमुख रविन राईले परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताए ।

उनले पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयर गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउन पाउनाले खुसी व्यक्त गरे । रासस