काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्रएचओ), दक्षिण–पूर्वीय एसियाले सुर्तिजन्य पदार्थको लत छुटाउने एप सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


डब्लूएचओले सुर्तीजन्य पदार्थ सेवनकर्ताहरुलाई लक्षित गर्दै यसको लतबाट छुटकारा पाउन सहज होस् भन्नका लागि ‘क्विट टोबाको’ नामक एप सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


सुर्ति नियन्त्रणका लागि डब्लुएचओले एक वर्षदेखि सञ्चालन गर्दै आएको ‘कमिट टु क्विट’ (त्यागका लागि प्रतिबद्ध) अभियान अन्तर्गत सो एप सार्वजनिक गरिएको हो ।

एपको मुख्य उद्देश्य सुर्ती प्रयोगकर्तामा यसले पुर्‍याउने असरको बारेमा जानकारी दिदैँ उनीहरुमा लतको व्यवस्थापन गरी सोको परित्यागमा मुख्य केन्द्रित हुन मद्दत गर्नु रहेको बताइएको छ । डब्लुएचओका अनुसार, सो एप प्लेस्टोर एवम् एपस्टोर दुवैबाट डाउनलोड गर्न सकिन्छ ।

सुर्तीजन्य पदार्थ सेवनलाई बचाउन सकिने मृत्युको रुपमा लिइन्छ । यसको प्रयोगले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिने गरेको डब्लूएचओको तथ्यांकले देखाएको छ ।