काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अधयक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ छलफलमा जुटेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आजै हुने सत्तारुढ दलको बैठक अघि सिंहदरबारमा प्रचण्ड, नेपाल र श्रेष्ठ छलफल गरिरहेका छन् । छलफलमा अमेरिकी सहायता सम्बन्धी सम्झौता (एमसीसी)बारे आवश्यक निर्णय लिने बताइएको छ ।


ADVERTISEMENT

# # #


सत्तारुढ दलको बैठक साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्री देउवाले एमसीसी भोलि नै प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेका छन् । तर, यसबारे सत्तारुढ दलभित्र नै मतभिन्नता रहेको छ । सत्तारुढ दल नेपाली काँग्रेस एमसीसीलाई जसरी पनि पास गर्नुपर्ने अडानमा छ ।

यस्तै जसपाकै बाबुराम भट्टराई पक्षमा पनि एमसीसीको पक्षमा उभिएको छ । तर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने बताइरहेका छन् ।

माओवादी केन्द र एकीकृत समाजवादीले बुधबार मात्रै एमसीसीविरुद्ध नयाँ बानेश्वरमा आफ्ना कार्यकर्ता उतार्दै विरोध प्रदर्शन गरेका थिए ।